फुटबल

फिफा विश्वकपः ब्राजिल र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा

इकागज |
मंसिर २३, २०७९ शुक्रवार २२:३७ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको ब्राजिल र क्रोएसियाबीचको क्वार्टरफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।

दुबै टिमले निर्धारित ९० मिनेटमा बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । निर्धारित समयमा दुबै टोलीले गोलरहित बराबरी खेले ।


थप गरिएको ३० मिनेटमा दुबै गोल बराबरीमा रोकिए विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लाग्नेछ ।

क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिकले ८ पटक ब्राजिलको प्रहार बचाउन सफल भएका छन् ।


Author

थप समाचार
x