फुटबल

मोरक्को भर्सेस स्पेनः निर्धारित ९० मिनेटमा गोलरहित बराबरी

इकागज |
मंसिर २०, २०७९ मंगलबार २२:३८ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मोरक्को र स्पेनबीच जारी प्रि-क्वार्टरफाइनल खेलको निर्धारित ९० मिनेटमा दुबै टिम बराबरीमा रहेका छन् ।

निर्धारित ९० मिनेटमा दुबै टोलीले गोल गर्न सकेनन् । त्यसपछि खेल अतिरिक्त ३० मिनेटमा धकेलिएको छ ।


निर्धारित समयमा दुबै टिमले गोल गर्ने अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन् । स्पेनले ७० प्रतिशत भन्दा बढी बलमाथि नियन्त्रण जमाएपनि गोल भने गर्न सकेन ।


Author

थप समाचार
x