फुटबल

फिफा विश्वकप

स्पेनलाई पाखा लगाउने दाउमा मोरक्को

इकागज |
मंसिर २०, २०७९ मगलवार १०:२१ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गत आज प्रि-क्वार्टरफाइनलमा मोरक्कोले स्पेनको सामना गर्दैछ । मोरक्को र स्पेनबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

मोरक्को समूह ‘एफ’ को विजेता बनेर नकआउटमा पुग्दा स्पेन ‘ई’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । समूह चरणमा मोरक्कोले साविक उपविजेता क्रोएसियासँग गोलरहित बराबरी खेल्दा बेल्जियम र क्यानाडालाई पराजित गरेको थियो ।


सन २०१० को विजेता स्पेन भने जापानसँग अप्रत्यासित पराजय भोगेको थियो भने कोस्टा रिकालाई पराजित गर्दा जर्मनीसँग बराबरी खेलेको थियो ।

इतिहास हेर्दा मोरक्को र स्पेनबीच तीन पटक खेल भएको जसमा दुई खेल जित्दा एक खेल बराबरीमा टुंगिएको थियो ।


Author

थप समाचार
x