फुटबल

फिफा विश्वकपः ब्राजिललाई दक्षिण कोरियाको डर

इकागज |
मंसिर १९, २०७९ सोमबार १२:१४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गतको प्रि-क्वार्टरफाइनलमा आज राति ब्राजिलले दक्षिण कोरियाको सामना गर्दैछ । ब्राजिल र कोरियाबीचको खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।

ब्राजिल समूह ‘जी’ को विजेता तथा दक्षिण कोरिया समूह ‘एच’ को उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेका हुन् ।


उपाधिको बलियो दाबेदार मानिएको ब्राजिलले कोरियालाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाउन चाहन्छ । ब्राजिलले कोरियामाथि केवल जित मात्र नभइ विपक्षीलाई आफू बलियो भएको देखाउन समेत चाहन्छ ।

यता एसियाली मुलुक कोरिया पनि ब्राजिललाई अन्तिम १६ बाटै फर्काउन चाहन्छ ।

जारी विश्वकपमा ब्राजिलले क्यामरुनविरुद्ध पराजय भोग्यो भने दक्षिण कोरियाले पोर्चुगललाई स्तब्ध तुल्याएको थियो ।

हेड टू हेड हेर्दा ब्राजिल र दक्षिण कोरियाविरुद्ध पछिल्ला चारवटै खेल ब्राजिलले जितेको छ । समग्रमा ६ खेलमध्ये कोरियाले कुनै पनि खेल जित्न सकेको छैन ।


Author

थप समाचार
x