फुटबल

फिफा विश्वकपः फ्रान्स क्वार्टरफाइनलमा, जिरुडको कीर्तिमान

इकागज |
मंसिर १८, २०७९ आइतबार २२:४४ बजे

काठमाडौँ- साविक विजेता फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ । आइतबार राति सम्पन्न प्रि-क्वार्टरफाइनल खेलमा पोल्यान्डलाई ३-१ ले पराजित गर्दै फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको हो ।

फ्रान्सलाई जित दिलाउन ओलिभियर जिरुडले एक तथा कायल एमबाप्पेले दुई गोल गरे ।


जिरुडले खेलको ४४ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । यससँगै जिरुडले फ्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाएका छन् । यसअघि थियरी हेनरीले ५१ गोल गरेका थिए ।

७४ औँ मिनेटमा एमबाप्पेले फ्रान्सको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा एमबाप्पेले टिमको तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । जारी विश्वकपमा एमबाप्पेको यो पाँचौं गोल हो । 

पोल्यान्डका लागि रोबर्ट लेवान्डोस्कीले इन्जुरी समयमा पेनाल्टीमार्फत गोल फर्काए । 


Author

थप समाचार
x