फुटबल

अर्जेन्टिनाले जित्दा समर्थकहरू सडकमा

इकागज |
मंसिर १८, २०७९ आइतवार १२:५८ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकपअन्तर्गत नकआउट चरणमा अस्ट्रेलियामाथि जित हात पारेपछि अर्जेन्टिनामा फुटबल समर्थकहरू सडकमा ओर्लिएका छन् ।

प्रि-क्वार्टरफाइनल खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेपछि समर्थकहरू विजयी र्‍याली निकालेका हुन् । अर्जेन्टिनाको झन्डा तथा जर्सीसहित समर्थकहरू सडकमा ओर्लिए ।


अर्जेन्टिनाले अब नेदरल्यान्ड्सको सामना गर्नेछ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सी तथा जुलियन अल्भारेजले एक-एक गोल गरे ।


Author

थप समाचार
x