फुटबल

फिफा विश्वकपः पेनाल्टी अघि ओजसिचले मेस्सीसँग बाजी राखेको खुलासा

इकागज |
मंसिर १५, २०७९ बिहीबार १४:२२ बजे

काठमाडौँ- पोल्यान्डका गोलरक्षक ओजसिच सायजेस्कीले अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सीले पेनाल्टी प्रहार गर्नुअघि उनीसँग आफूले बाजी राखेको खुलासा गरेका छन् ।

समूह 'सी' को अन्तिम चरण अन्तर्गत पोल्यान्ड र अर्जेन्टिनाबीचको खेलका क्रममा मेस्सीले पेनाल्टी प्रहार गरेका थिए । इन्डिया टूडेले जनाए अनुसार ओजसिचले मेस्सीले पेनाल्टी प्रहार गर्नुअघि आफूले मेस्सीसँग १ सय युरोको बाजी राखेको खुलासा गरे ।


मेस्सीले प्रहार गरेको पेनाल्टी ओजसिचले बचाएका थिए । अर्जेन्टिनाले भने उक्त खेल २-० ले जितेको थियो ।


Author

थप समाचार
x