फुटबल

फिफा विश्वकपः क्रोयसिया, मोरक्को र बेल्जियमध्ये कुन दुई टिम बन्ला भाग्यमानी ?

इकागज |
मंसिर १५, २०७९ बिहीबार १३:५४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'एफ' बाट नकआउट चरणमा प्रवेश गर्ने दुई टिमको टुंगो लाग्दैछ । समूह 'एफ' को अन्तिम चरणका खेलहरुमा क्रोयसियाले बेल्जियम तथा मोरक्कोले क्यानाडाको सामना गर्ने तालिका रहेको छ । दुबै खेल नेपाली समय अनुसार राति ८:४५ बजेबाट सुरु हुनेछ ।

यस समूहमा अघिल्ला दुई खेलमा समान एक जित तथा एक बराबरीको नतिजा निकालेका क्रोयसिया र मोरक्कोको समान ४-४ अंक छ । तर गोलअन्तरमा क्रोयसिया शीर्ष स्थानमा छ ।


अर्कोतर्फ दुई मध्ये एक खेलमा जित हात पार्नका साथै एक खेलमा पराजय भोगेको बेल्जियको ३ अंक छ । अघिल्ला दुबै खेलमा पराजय भोगेपछि क्यानाडा भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

आजको खेलमा क्रोयसियाले बेल्जियमलाई पराजित गरेको खण्डमा क्रोयसिया अघिल्लो चरणमा प्रवेश गर्नेछ भने बेल्जियम प्रतियोगिताबाट बाहिरिनेछ । यदि बेल्जियमले जित हात पारे बेल्जियम अन्तिम १६ मा प्रवेश गर्दा क्रोयसियाले अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ । यदि खेल बराबरी भए क्रोयसिया अघिल्लो चरणमा पुग्नेछ भने बेल्जियमले अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।

यता मोरक्कोले क्यानाडालाई पराजित गरे अघिल्लो चरणमा प्रवेश गर्नेछ । अन्यथा अर्को खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।


Author

थप समाचार
x