फुटबल

फिफा विश्वकपः इंग्ल्यान्ड र अमेरिका अन्तिम १६ मा

इकागज |
मंसिर १४, २०७९ बुधबार २:५१ बजे

काठमाडौँ- इंग्ल्यान्ड र अमेरिकाले कतारमा जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् । इंग्ल्यान्ड समूह 'बी' विजेता तथा अमेरिका उपविजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह 'बी' को अन्तिम खेलमा इंग्ल्यान्डले वेल्सलाई ३-० गोलअन्तरले पराजित गर्दै समूह विजेता बनेको हो । तीन मध्ये २ खेलमा जित तथा एक खेलबा बराबरी खेलेको इंग्ल्यान्डले ७ अंक जोड्यो ।


वेल्सविरुद्ध इंग्ल्यान्डलाई जित दिलाउन मार्कस रासफोर्डले ५० औँ तथा ६८ औँ मिनेटमा गरी दुई गोल गरे भने फिल फोडेनले ५१ औँ मिनेटमा एक गोल गरे । इंग्ल्यान्डसँग पराजित भएको वेल्सले समग्रमा तीन खेलबाट केवल एक अंक मात्र पायो ।

अर्कोतर्फ अमेरिकाले इरानलाई १-० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश पायो । अमेरिकाले तीन मध्ये एक खेलमा जित तथा दुई खेलमा बराबरी खेलेको थियो ।

अन्तिम खेलमा इरानलाई पराजित गर्दा अमेरिकाका लागि क्रिस्टियन पुलिसिकले निर्णायक गोल गरे । पुलिसिकले ३८ औँ मिनेटमा अमेरिकाका लागि गोल गरे ।

अमेरिकासँग पराजित भएपछि ३ मध्ये केवल एक खेल जितेको इरान प्रतियोगिताबाट बाहिरियो ।


Author

थप समाचार
x