फुटबल

समूह 'बी' मा अमेरिकालाई इरान तथा इंग्ल्यान्डलाई वेल्सको डर

इकागज |
मंसिर १३, २०७९ मंगलबार १५:३५ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह 'बी' को अन्तिम चरणका खेलहरु आज हुँदैछन् । समूह 'बी' मा रहेका इंग्ल्यान्डले वेल्स तथा इरानले अमेरिकाविरुद्ध खेल्दैछन् । यी दुबै खेल नेपाली समय अनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।

यस समूहमा अघिल्ला दुई खेलबाट ४ अंक जोड्दै इंग्ल्यान्ड शीर्ष, ३ अंक जोडेको इरान दोस्रो, २ अंकसहित अमेरिका तेस्रो तथा १ अंक जोडेको वेल्स चौथों स्थानमा छन् । यस समूहबाट चारवटै टिमको नकआउटमा प्रवेश गर्ने सम्भावना कायमै रहेको छ ।


अहिलेसम्मको नतिजा हेर्दा यस समूहमा इंग्ल्यान्ड अपराजित छ र बलियो अवस्थमा देखिन्छ । तर वेल्ससँग पराजित भएको खण्डमा इंग्ल्यान्डलाई पनि नकआउट चरणमा पुग्न कठिनाइ हुने देखिन्छ । बराबरी भए अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

अर्कोतर्फ इरानले अमेरिकालाई पराजित गरेको खण्डमा इरान अन्तिम १६ मा प्रवेश गर्नेछ । यदि अघिल्ला दुबै खेल बराबरी खेलेको अमेरिकाले जितेमा भने अमेरिका अघिल्लो चरणमा पुग्नेछ । यदि अमेरिका र इरानबीचको खेल बराबरी भए अर्को खेलको नतिजाले पनि नकआउटमा पुग्ने दुई टोलीको टुंगो लगाउन सक्नेछ ।

 


Author

थप समाचार
x