फुटबल

जर्मनीलाई स्तब्ध बनाएको जापान अर्को जितको खोजीमा

इकागज |
मंसिर ११, २०७९ आइतवार १०:१ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप अन्तर्गत पहिलो खेलमा जर्मनीलाई स्तब्ध बनाएको जापानले आज दोस्रो खेल खेल्दैछ । समूह 'ई' मा रहेको जापानले दोस्रो खेलमा कोस्टा रिकाको सामना गर्नेछ ।

जापान र कोस्टा रिकाबीचको खेल अहमद बिन अली स्टेडियममा नेपाली समय अनुसार आज अपरान्ह ३:४५ बजेबाट सुरु हुनेछ ।


कोस्टा रिकाविरुद्ध मैदानमा उत्रदाँ जापानको लक्ष्य लगातार दोस्रो जित हुनेछ । पहिलो खेलमा जर्मनीलाई २-१ ले पराजित गरेको जापानले दोस्रो खेलमा कोस्टा रिकालाई पराजित गरे उसको नकआउट चरणको सम्भावना बलियो हुनेछ ।

यता पहिलो खेलमा स्पेनसँग ७-० ले पराजित भएको कोस्टा रिका भने पहिलो जितको खोजीमा छ । जापानलाई पराजित गरेर कोस्टा रिका अन्तिम १६ को सम्भावना जिवित राख्न चाहन्छ ।

यस समूहमा समान ३-३ अंक भएपनि गोल अन्तरको आधारमा स्पेन शीर्ष स्थानमा छ भने जापान दोस्रो स्थानमा छ । जर्मनी र कोस्टा रिका अंक विहिन छन् ।


Author

थप समाचार
x