फुटबल

बलियो फ्रान्सलाई डेनमार्कको डर

इकागज |
मंसिर १०, २०७९ शनिबार १५:४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलमा आज साविक विजेता फ्रान्सले डेनमार्कविरुद्ध प्रतिस्पर्धा गर्दैछ । समूह 'डी' मा रहेको फ्रान्स र डेनमार्कबीचको खेल स्टेडियम ९७४ मा नेपाली समयअनुसार राति ९:४५ बजे सुरु हुनेछ ।

डेनमार्कविरुद्ध मैदान उत्रदाँ फ्रान्स लगातार दोस्रो जितको खोजीमा हुनेछ । यसअघि पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४-१ गोल अन्तरले हराएको थियो ।


डेनमार्क पनि पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा डेनमार्कले ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो ।

विगत हेर्दा फ्रान्स र डेनमार्कबीच हालसम्म १६ खेल भएको छ । जसमा फ्रान्सले ८ खेल जित्दा डेनमार्कले ६ खेल जितेको छ । दुई खेल बराबरीमा टुंगिएको छ ।

युईएफए नेसन्स लिगमा पछिल्लो दुई पटक फ्रान्सलाई पराजित गरेका कारण डेनमार्कको मनोबल बलियो छ । 


Author

थप समाचार
x