फुटबल

अर्जेन्टिनाले मेक्सिकोविरुद्ध खेल्दा मेस्सीमाथि जितको दवाव

इकागज |
मंसिर १०, २०७९ शनिवार ११:१० बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत अर्जेन्टिनाले मेक्सिकोविरुद्ध महत्वपूर्ण खेल खेल्दैछ । समूह 'सी' मा रहेको अर्जेन्टिना र मेक्सिकोबीचको खेल लुसेल स्टेडियममा राति १२:४५ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा साउदी अरेबियाविरुद्ध अप्रत्यासित हार भोगेपछि अर्जेन्टिनामाथि मेक्सिकोलाई पराजित गर्नुपर्ने दवाव छ । नकआउट चरणमा स्थान बनाउनका लागि भएपनि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले मेक्सिकोविरुद्ध जित हात पार्नुपर्ने हुन्छ । यता सम्भवत अन्तिम विश्वकप खेलिरहेका मेस्सीमाथि पनि जित हात पार्नैपर्नै दवाव छ ।


उपाधि दावेदार अर्जेन्टिनाले पहिलो खेलमा साउदी अरेबियासँग २-१ गोलअन्तरको पराजय भोगेको थियो ।

अर्कोतर्फ मेक्सिको पनि अर्जेन्टिनाविरुद्ध जितको खोजीमा हुनेछ । पोल्यान्डसँग पहिलो खेल गोलरहित बराबरी खेलेको मेक्सिकोलाई पनि जितको आवश्यकता रहेको छ ।


Author

थप समाचार
x