फुटबल

फिफा विश्वकपः इरानको जित

इकागज |
मंसिर ९, २०७९ शुक्रवार १७:५१ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत इरानले पहिलो जित हात पारेको छ । अहमद बिन अली स्टेडियममा भएको समूह 'बी' अन्तर्गतको खेलमा इरानले १० खेलाडीमा सीमित भएको वेल्सलाई २-० ले गोल अन्तरले पराजित गरेको हो ।

इरानलाई जित दिलाउन रोजवेह चेस्मी र रामिन रेजाइनले एक-एक गोल गरे । ​चेस्मी र रामिज दुवैले इरानका लागि दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका हुन् ।


८६ औँ मिनेटमा वेल्सका गोलरक्षक वायन हेनेसीले रातो कार्ड खाएपछि वेल्स १० खेलाडीमा सीमित भएको थियो ।

दुई खेलमा इरानले ३ अंक जोडेको छ । यस अघि इरानले इंग्ल्यान्डसँग ६-२ अन्तरको हार बेहोरेको थियो ।

यता वेल्सको यो पहिलो पराजय हो । वेल्सले पहिलो खेलमा अमेरिकासँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो ।


Author

थप समाचार
x