फुटबल

उरुग्वे र दक्षिण कोरियाबीचको खेलमा अप्रत्यासित नतिजा आउँला ?

इकागज |
मंसिर ८, २०७९ बिहिवार १३:३५ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत  आज उरुग्वे र दक्षिण कोरियाबीच खेल हुँदैछ । समूह 'एच' मा रहेको उरुग्वे र दक्षिण कोरियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा नेपाली समय अनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ । 

पहिलो र चौथों संस्करणको विजेता उरुग्वे एसियाली मुलुक दक्षिण कोरियालाई पराजित गर्दै सुखद सुरुवात गर्न चाहन्छ । यता, दक्षिण कोरिया पनि उरुग्वेलाई स्तब्ध बनाउने योजनामा छ । 


 उरुग्वेसँग ​लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता खेलाडीमाथि भर पर्दा दक्षिण कोरियासँग सन ह्युङ मिन लगायत युरोपियन क्लबमा खेल्ने खेलाडीको भरमा हुनेछ । 

उरुग्वे र दक्षिण कोरियाबीच हालसम्म आठ खेल भएको छ । जसमा उरुग्वेले ६ खेल जित हात पार्दा दक्षिण कोरियाले १ खेल जितेको छ । १ खेल बराबरीमा सकिएको छ ।

तर जारी विश्वकपमा एसियाली राष्ट्रले उपाधि दावेदारमाथि जित हात पार्दै आइरेका छन् । त्यसैले दक्षिण कोरियाबाट पनि सोही अपेक्षा गरिएको छ ।

 


Author

थप समाचार
x