फुटबल

यू-१७ एसियन कप छनोटः नेपाल दोस्रो खेलमा पनि पराजित

इकागज |
असोज २१, २०७९ शुक्रबार १९:४० बजे

काठमाडौँ- एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । दोस्रो खेलमा नेपाल आयोजक भियतनामसँग पराजित भएको हो । 

फु थोस्थित भियत त्रि स्टेडियममा भएको खेलमा भियतनामले नेपाललाई ५-० गोल अन्तरले पराजित गरेको हो । यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।


भियतनामको भने यो लगातार दोस्रो जित हो । पहिलो खेलमा भियतनामले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो ।
 


Author

थप समाचार
x