फुटबल

कतारको स्ट्रिट चाइल्ड विश्वकपमा नेपालको सहभागिता

इकागज |
असोज २१, २०७९ शुक्रवार १६:२९ बजे

काठमाडौँ- कतारमा शुक्रबारबाट सुरु हुने चौथों संस्करणको स्ट्रिट चाइल्ड विश्वकपमा नेपाली टिमको पनि सहभागिता हुँदैछ । नेपालबाट स्ट्रिट चाइल्ड अफ नेपाल, स्ट्रिट चाइल्ड युके, चाइल्ड रिच नेपाल र चिलड्रेन एन्ड युथ फस्ट संस्थाका बालबालिकाले विश्वकप खेल्नेछन् ।

कतार फाउन्डेसनको सहकार्यमा स्ट्रिट चाइल्ड विश्वकप दोहामा अक्टोबर १५ तारिखसम्म आयोजना हुनेछ । फिफा विश्वकप अघि आयोजना हुन लागेको स्ट्रिट चाइल्ड विश्वकपमा विभिन्न २४ देशका २८ टिमको सहभागिता रहनेछ । त्यसमध्ये १३ छात्रा र १५ छात्रको टिम रहनेछ ।



Author

थप समाचार
x