फुटबल

सिटीको जित, हालान्डको दुई गोल

इकागज |
असोज २०, २०७९ बिहीबार ९:१२ बजे

काठमाडौँ- अर्लिङ हालान्डको दुई गोलको मदतमा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबल अन्तर्गत कोपेनहेगनविरुद्धको शानदार जित हात पारेको छ ।

समूह ‘जी’ अन्तर्गत बुधबार राति भएको खेलमा सिटीले कोपेनहेगनलाई ५-० गोलअन्तरले पराजित गर्‍यो । सिटीको जितमा हालान्डले २ गोल गर्दा रियाद महरेज र जुलियन अल्भारेजले एक-एक गोल गरे । त्यसैगरी, डेनिस क्लब कोपेनहेगनका डेभिट खोचोलाभाले आत्मघाती गोल गरे ।


च्याम्पियन्स लिगमा सिटीको यो लगातार तेस्रो जित हो ।

यता हालान्डको सिटीका लागि १२ खेलमा १९ औँ गोल हो । उनले ८ खेलमै तीन ह्याट्रिक पुरा गरिसकेका थिए ।


Author

थप समाचार
x