फुटबल

के नेपालले थाइल्यान्डलाई पराजित गर्न सक्ला ?

इकागज |
असोज १९, २०७९ बुधवार १०:४५ बजे

काठमाडौँ- भियतनाममा रहेको नेपाली युवा टोलीले सन् २०२३ मा हुने एएफसी यू-१७ एसियन कपको छनोट अन्तर्गत पहिलो खेल आज खेल्दैछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । 

नेपाल र थाइल्यान्डबीचको खेल भियतनामको भिएट ट्री स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:४५ बजेबाट सुरु हुनेछ । समूह ‘एफ’ मा नेपाल र थाइल्यान्डसँगै आयोजक भियतनामर चाइनिज ताइपेइ रहेका छन् । 


नेपालले समूह चरणको दोस्रो खेल भियतनामविरुद्ध अक्टोबर ७ तथा तेस्रो खेल चाइनिज ताइपेइसँग अक्टोबर ९ मा खेल्ने तालिका रहेको छ । 

समग्रमा छनोटमा सहभागी ४४ टिमलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको विजेता टिमले यू-१७ एसियन कपमा स्थान बनाउनेछन् । साथै उत्कृष्ट पाँच समूह उपविजेताले पनि एसियन कप खेल्न पाउनेछन् । 


Author

थप समाचार
x