फुटबल

प्रिमियर लिगः म्यानचेस्टर डर्बी आज

इकागज |
असोज १६, २०७९ आइतवार ९:११ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत आज म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडबीच खेल हुँदैछ । सिटी र युनाइटेड बीचको खेल सिटीको घरेलु मैदान इतिहादमा हुनेछ ।

आजको खेलमा जित हात पार्दै साविक विजेता सिटी शीर्ष स्थानमा रहेको आर्सनलसँगको दूरी कम गर्ने दाउमा हुनेछ । सिटीको लक्ष्य भनेको जारी सिजनको लिगमा आफ्नो अपराजित यात्रालाई कायम पनि राख्नु हो । जारी सिजनमा सिटीले मात्र अहिलेसम्म पराजय भोगेको छैन् ।


अर्कोतर्फ सुरुवाती दुई खेलमा पराजय भोगेपनि लगातार चार खेलमा जित हात पारेको युनाइटेड पनि जितलाई निरन्तरता दिन चाहन्छ । यसका साथै युनाइटेडका प्रशिक्षक एरिक टेन हागका लागि आफूलाई प्रमाणित गर्ने अर्को अवसर हो ।

यता सिटीले भने युनाइटेडविरुद्धको खेलमा डिफेन्डर जोन स्टोन्सलाई गुमाउने भएको छ । त्यसैगरी, युनाइटेडका कप्तान ह्यारी मेगुएरले पनि म्यानचेस्टर डर्बी गुमाउने भएका छन् । तर युनाडटेडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो भने खेल्नेछन् ।


Author

थप समाचार
x