फुटबल

इरानलाई फुटबल विश्वकपबाट निष्कासन गर्नुपर्ने माग

इकागज |
असोज १४, २०७९ शुक्रवार १५:२७ बजे

काठमाडौँ- अधिकार समूह ओपन स्टेडियम्सले कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकपबाट इरानलाई निस्काशन गर्नुपर्ने माग गरेको छ । महिलाविरुद्ध गरेको व्यवहारलाई लिएर ओपन स्टेडियम्सले इरानलाई विश्वकपबाट निस्काशन गर्नुपर्ने माग गरेको रोयटर्सले जनाएको छ ।

प्रहरी हिरासतका क्रममा एक इरानी महिलाको निधन भएपछि विगत दुई हप्तादेखि जारी प्रदर्शनमा कम्तिमा पनि ८३ जनाको निधन भएको मानव अधिकार समूहले जनाएका छन् ।


ओपन स्टेडियम्सले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई पत्राचार गर्दै इरानी अधिकारीहरुले महिलाहरुलाई अझै पनि खेलकुदमा प्रतिबन्ध लगाउँदै आएको तथा इरानी फुटबल संघ महिलाविरुद्धको अपराधमा सहयोगीमात्र नभएर इरानी महिला फुटबल समर्थकको सुरक्षाका लागि घातक भएको जनाएको छ ।


Author

थप समाचार
x