फुटबल

के मेस्सीको सहयोगमा अर्जेन्टिनाले कीर्तिमान बनाउला ?

इकागज |
असोज १२, २०७९ बुधबार १४:४५ बजे

काठमाडौँ- लियोनल मेस्सीले अर्जेन्टिनाका लागि एक सयौँ खेलमा जित हात पारेका छन् । मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोलअन्तरले पराजित गरेसँगै मेस्सीले अर्जेन्टिनाका लागि एक सयौँ खेलमा जित दिलाएका हुन् ।

अर्जेन्टिनाको जितमा मेस्सीले दुई गोल गरे । यो सँगै मेस्सीले अर्जेन्टिनाका लागि १ सय ६४ खेल खेल्दै ९० गोल पुरा गरेका छन् ।


अर्कोतर्फ यस जितसँगै अर्जेन्टिना लगतार ३५ खेलमा अपराजित रहेको छ र सर्वाधिक खेलमा अपराजित रहने कीर्तिमानको बराबरी गर्न केवल दुई खेलमा अपराजित रहनुपर्नेछ ।  

सर्वाधिक ३७ खेलमा अपराजित रहने कीर्तिमान इटालीको नाममा रहेको छ ।


Author

थप समाचार
x