फुटबल

फुटबल खेलका दौरान खेलाडीमाथि केरा प्रहार भएपछि…

इकागज |
असोज १२, २०७९ बुधबार ११:५३ बजे

काठमाडौँ- ट्युनिसियाविरुद्धको मैत्रीपूर्ण खेलका क्रममा ब्राजिलका फरवार्ड रिचार्लिसनमाथि केरा र अन्य वस्तुले प्रहार भएको छ ।

ब्राजिलले ट्युनिसियालाई ५-१ ले पराजित गरेको खेलमा रिचार्लिसनमाथि केरा तथा अन्य बस्तुहरु प्रहार भएको बीबीसीले जनाएको छ ।


पेरिसमा भएको खेलका क्रममा रिचार्लिसनले ब्राजिलका लागि दोस्रो गोल गरेपछि सो घटना भएको थियो ।

यसैबीच ब्राजिल फुटबल कन्फेडेरेसनले सो घटनाको निन्दा गरेको छ । कन्फेडेरेसनका अध्यक्ष इड्नाल्डो रोड्रिगेजले यस्ता व्यवहार स्विकार्य नहुने बताए ।


Author

थप समाचार
x