फुटबल

स्पेन नेसन्स लिगको फाइनल चरणमा

इकागज |
असोज १२, २०७९ बुधवार ९:३३ बजे

काठमाडौँ- स्पेन युएईएफ नेसन्स लिगको फाइनल चरणमा प्रवेश गरेको छ । समूह ए२ अन्तर्गत पोर्चुगललाई १-० ले पराजित गर्दै स्पेन फाइनल चरणमा प्रवेश गरेको हो ।

स्पेनको जितमा एकमात्र निर्णायक गोल अल्भारो मोराटाले गरे । मोराटोले ८८ औँ मिनेटमा गोल गर्दै स्पेनलाई जित दिलाए ।


अघिल्लो चरण प्रवेश गर्न स्पेनविरुद्ध पोर्चुगललाई केवल एक अंकको आवश्यकता रहेको थियो तर गोल फर्काउन नसक्दा बाहिरियो ।

स्पेनसँगै क्रोयसिया, इटाली र नेदरल्यान्ड्सपनि फाइनल चरणमा प्रवेश गरेका छन् ।


Author

थप समाचार
x