फुटबल

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल

बंगलादेशविरुद्ध नेपाल ३-१ ले विजयी

इकागज |
असोज ११, २०७९ मगलवार १९:३० बजे

काठमाडौँ– ​ नेपालले मैत्रीपूर्ण खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी बंगलादेशलाई पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले मंगलबार बंगलादेशलाई ३–१ गोल अन्तरले हराएको हो ।


नेपालको जितमा अन्जन विष्ट नायक बने । उनको ह्याट्रिकमा नेपालले सहज जित निकालेको हो ।

बंगलादेशका सजाद होसेनले एक गोल फर्काए ।  नेपालले खेलको १८ औं मिनेटमा अन्जनको  गोलबाट सुरुआती बनाएको थियो । विमल घर्तिमगरको फ्रिकिकमा अन्जनले हेडरमार्फत गोल गरेका हुन् । २७ औं मिनेटमा अन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । ३८ औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाए ।

खेलको ५५ औं मिनेटमा सजाद होसेनले गोल गर्दै बंगलादेशलाई ३–१ को स्थितिमा ल्याए । त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र नेपाल ३–१ ले विजयी भयो ।


Author

थप समाचार
x