फुटबल

पोर्चुगलले जित हात पार्दा रोनाल्डो घाइते

इकागज |
असोज ९, २०७९ आइतवार १५:५० बजे

काठमाडौँ- युईएफए नेसन्स लिग अन्तर्गत पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गर्दा उसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले नाकमा चोट बोकेका छन् ।

चेक रिपब्लिकका गोलरक्षक टोमस भाकलिकसँग ठोक्किएपछि रोनाल्डोको नाकमा चोट लागेको मिररले जनाएको छ । चोट लागेपछि उनी मैदानमा लडेका थिए भने लामो समयसम्म उनको उपचार गरिएको थियो ।


रोनाल्डोले डिएगो जोटालाई गोलका लागि असिस्ट समेत गरेका थिए ।

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडका लागि खेलिरहेका रोनाल्डोले क्लब छाड्ने मनसाय बनाएपछि उनी युनाइटेडबाट बाहिरिन सकेका छैनन् ।

युनाइटेडले पनि रोनाल्डो क्लबमै रहने जनाउँदै आएको छ ।


Author

थप समाचार
x