फुटबल

मार्ने धम्की आएको भन्दै विलियनले क्लब छाडे

इकागज |
साउन २८, २०७९ शनिबार ११:९ बजे

काठमाडौँ- मिडफिल्डर विलियनले आफू र आफ्ना परिवारलाई मार्ने धम्की आएको भन्दै ब्राजिलियन क्लब कोरिन्थियन्स छाडेका छन् । अरब न्युजले जनाए अनुसार ब्राजिलियन फुटबलर विलियनले सामाजिक सञ्जालमा आफू र आफ्ना परिवारलाई मार्ने धम्की आएको बताएका हुन् ।

चेल्सी र आर्सनलका पूर्व मिडफिल्डर विलियनले क्लबसँग सम्झौता रद्द गर्नका लागि माग गरेका थिए । क्लबले पनि विलियनसँगको सम्झौता अन्त्य गरिएको जनाएको छ ।


ब्राजिलियन कोपा लिबेर्टाडोर्स अन्तर्गत फ्लेमेङगो क्लबविरुद्धको खेल पनि धम्की आएको विलियनले जनाएका छन् ।

३४ वर्षीय विलियनले इंग्लिस प्रिमियर लिग क्लब फुलह्याममा आवद्ध हुन सक्ने सम्भावना रहेको समाचारमा जनाइएको छ ।


Author

थप समाचार
x