फुटबल

बालोन डि-ओर : मेस्सी र नेयमार मनोनयनमै परेनन्, ईपीएलका १५ खेलाडी

इकागज |
साउन २८, २०७९ शनिबार ११:७ बजे

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सी र ब्राजिलियन स्टार नेयमार यस वर्षको बालोन डि’ओरको मनोनयनमा पर्न असफल भएका छन् । सर्वाधिक सात पटक बालोन डि’ओर विजेता फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सी सन् २००६ पछि पहिलोपटक मनोनयनमा पर्न असफल भएका हुन् ।

मेस्सीले सन् २०२१ मा बालोन डि’ओर प्राप्त गरेका थिए । पीएसजीकै नेयमार पनि मनोनायमा पर्न असफल भएका हुन् । 


बीबीसीका अनुसार फ्रान्स फुटबल म्यागजिनले पेरिसमा अक्टोबर १७ मा बालोन डी’ओर अवार्ड प्रदान गर्नेछ । यसका लागि ३० जनाको नाम सार्वजनिक गरिएको छ । ३० जनामध्ये १५ खेलाडी इंग्लिस प्रिमियर लिग खेल्ने खेलाडी छन् । त्यसमध्ये पनि १२ जना लिभरपुल र म्यानचेस्टर सिटीका रहेका छन् । 

यता रियल मड्रिडलाई स्पेलिनस ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका कप्तान करिम बेन्जेमा मनोनयनमा परेको छ । बेन्जेमालाई यस पटक बालोन डि’ओर अवार्डका मुख्य दावेदार मानिन्छ । 

मनोनयनमा परेका खेलाडीको सूचीः 

करिम बेन्जेमा (रियल मड्रिड), थिवाउट कोर्टुवा (रियल मड्रिड), भिनिसियस जुनियर (रियल मड्रिड), क्यासमिरो (रियल मड्रिड), लुका मोड्रिच (रियल मड्रिड), एन्टेनियो रुडिगर (रियल मड्रिड), मोहम्मद सलाह (लिभरपुल), ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड (लिभरपुल), लुयस डियाज (लिभरपुल), फाविन्हो (लिभरपुल), डार्विन नुनेज (लिभरपुल), भर्जिल भान डाइक (लिभरपुल), रियाद महारेज (म्यानचेस्टर सिटी), बर्नाडो सिल्भा (म्यानचेस्टर सिटी), फिल फोडेन (म्यानचेस्टर सिटी), केभिन डि ब्रुयन (म्यानचेस्टर सिटी), क्यान्सेलो (म्यानचेस्टर सिटी), अर्लिङ हालान्ड (म्यानचेस्टर सिटी), रोबर्ट लेवान्डोस्की (बार्सिलोना), ह्युङ मिन सन (टोटेनहम), ह्यारी केन (टोटेनहम), योसुवा किम्मिख (बायर्न म्युनिख), साडियो माने (बायर्न म्युनिख), राफयल लियो (एसी मिलान), मेक मेइगनान (एसी मिलान), क्रिस्टोफोर एनकुन्कु (लाइप्जिग), क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड), केलियन एमबाप्पे (पिएसजी), हालेर (डर्टमुन्ड),डुसान भ्लाहोभिक (युभेन्ट्स)
 


Author

थप समाचार
x