फुटबल

नवौँ राष्ट्रिय खेलकुद अघि एनएसएल सुरु हुने

इकागज |
साउन २६, २०७९ बिहीबार १६:२७ बजे

काठमाडौँ- गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुद सुरु हुने केही दिन अघि नेपाल सुपर लिग (एनएसएल) आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले मिति तोकेको छ । 

एन्फाको जारी कार्यसमिति बैठकले फ्रेन्चाइज फुटबल लिग एनएसएललाई आगामी असोज २३ देखि मंसिर २ गतेसम्म संचालनका लागि अनुमति दिने निर्णय गरेको छ । यता राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भने असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौँ राष्ट्रिय खेलकुद आयोजना गर्छ । 


बैठकमा सहभागी एक सदस्यका अनुसार बैठकले एनएसएल आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट म्यानेजमेन्टसँग यसअघि भउको सम्झौता खारेज गर्ने निर्णय गर्नुका साथै अध्यक्ष पंकज विक्रम नेम्वाङको संयोजकत्वमा ७ सदस्यीय सम्झौता नविकरण समिति गठन गरेको छ ।

एनएसएलको दोस्रो संस्करणमा विराटनगर सिटी एफसी, विरगञ्ज युनाईटेड एफसी, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसी दि मेची गरी १० टिमको सहभगिता रहनेछ । 
 


Author

थप समाचार
x