फुटबल

सुपर कपको उपाधि रियल मड्रिडलाई

इकागज |
साउन २६, २०७९ बिहीबार ६:३७ बजे

काठमाडौं - आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधि रियल मड्रिडलाई जिताएका छन् । बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधि जितेको हो ।

रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुवै हाफमा एक एक गोल गरे  । ​बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो । 


बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्‍याएका छन् । उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् ।  ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् । 


Author

थप समाचार
x