फुटबल

९१-१ गोल अन्तरको जित हात पारेको क्लबले छनोट खेल्न पाउने

इकागज |
साउन २५, २०७९ बुधबार १७:४२ बजे

काठमाडौँ- सिएरा लियोनीको दोस्रो डिभिजनको गल्फ एफसीमाथि अनुसन्धान भइरहँदा पनि क्लबले प्लेअफ खेल्न पाउने भएको छ । गल्फ एफसीले केही समय अघि कोकुमालाई ९१-१ गोल अन्तरले पराजित गर्दै लिगको सुपर टेनका लागि छनोट भएको थियो ।

तर ठूलो अन्तरको जित निकाल्न क्बलले खेल मिलेमतो गरेको हुन सक्ने भन्दै गल्फमाथि अनुसन्धान भइरहेको छ । अनुसन्धान जारी रहेपनि क्लबले भने प्लेअफ खेल्न पाउने भएको बीबीसीले जनाएको छ ।


त्यसैगरी अर्को खेलमा भने रेन्जर्सले लेमबुबु युनाइटेडलाई ९५-० ले पराजित गरेको थियो । ती दुई खेलको विश्वव्यापी रुपमा आलोचना भएपछि सिएरा लियोनीको फुटबल संघले अनुसन्धान थालेको थियो ।


Author

थप समाचार
x