फुटबल

फिफा विश्वकपका सम्झनलायक ‘हेयर स्टाइल’

इकागज |
साउन २५, २०७९ बुधबार १७:१ बजे

काठमाडौँ- कतारले नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म २०२२ फिफा विश्वकप आयोजना गर्दैछ । विश्वकपमा केवल उत्कृष्ट प्रदर्शन र गोलको मात्र चर्चा हुँदैन । त्यससँगै खेलाडीहरुका व्यवहार तथा उनीहरुका  विभिन्न ‘स्टाइल’ का समेत चर्चा चल्ने गरेको हुन्छ । 

त्यसमा पनि विशेषगरी खेलाडीको कपालको चर्चा पनि खुबै चल्ने गरेको हुन्छ । त्यसैले विगतका केही चर्चित ‘हेयर स्टाइल’ को चर्चा गरिएको छ । 


कार्लोस भाल्डेरामाः

कपाल काट्ने शैलीका हिसाबले कार्लोस भाल्डेरामा निकै चर्चित छन् । कोलम्बिया नायकको रुपमा चिनिने कार्लोसले तीनवटा विश्वकप खेल्दा आफ्ना फुटबल प्रशंसकमाझ कपालका कारण पनि चर्चित रहे । 

रोमानियाको १९९८ को टिमः

सन् १९९८ को विश्वकपमा रोमानियाको टिमका खेलाडीहरुले एकै शैलीको कपालमात्र काटेनन् उनीहरुले कपालको रंग पनि एकै तरिकाले रंगाए । खासमा समूह चरणमा इंग्ल्यान्डलाई पराजित गरेपछि भाग्यले साथ दिने अपेक्षासहित रोमानियाले खेलाडीको कपालको स्टाइलका लागि निर्णय लिएको थियो । तर प्रिक्वार्टरफाइनलमा भने क्रोएसियासँग पराजित हुन पुग्यो । 

क्रिस वाडलः 

इंग्लिस फुटबलर क्रिस वाडलको कपालको कथा रोचक रहेको छ । उनले लामो कपाल पाल्नुका साथै कपाललाई रंगिनसमेत बनाएका थिए । अधिकांशलाई लागेको लामो कपाल पाल्नु उनका लागि स्टाइल थियो भनेर तर यसमा अन्धविश्वास जोडिएको थियो । क्रिसका अनुसार उनले खेल्न सुरु गर्दा उनको कपाल छोटो थियो । त्यतिबेला उनी धेरै घाइते हुन्थे । तर जब उनले कपाललाई बढ्नका लागि छोडे, त्यसपछि उनी घाइते हुने क्रम रोकिएको उनी बताउँछन् । 

वाडलले कपाल लामो बनाउनुसँग त्यसको केही सरोकार नभएपनि आफूले विश्वास लागेको बताएका थिए । सन् १९८६ तथा १९९० मा विश्वकप खेल्दा उनको कपालको चर्चा चलेको थियो । 

रोनाल्डोको त्रिभुज आकारको हेयर स्टाइलः​​

सन् १९९४ तथा सन् २००४ मा ब्राजिललाई विश्वकपको उपाधि दिलाएका रोनाल्डो गोल गर्न कलाका लागि मात्र चर्चित थिएनन् । उनी आफ्नो हेयर स्टाइलका लागि पनि उत्तिकै चर्चित थिए जुन दक्षिण कोरिया र जापानमा आयोजना भएको विश्वकपमा प्रमाणित भएको थियो । 

टर्कीविरुद्धको सेमिफाइनल खेलमा त्रिभुज आकारको हेयर स्टाइलसहित मैदानमा प्रवेश गरेका थिए । तर उनको कपालको स्टाइलले भने उनको प्रदर्शनमा भने कुनै असर गरेन । रोनाल्डोले ८ गोल गर्दै ब्राजिललाई पाँचौ पटक विश्वकपको उपाधि दिलाए । 

खासमा उनले त्यसो गर्नुको पछाडि पत्रकारलाई आफ्नो चोटको बारेमा नभइ कपालको बारेमा कुरा गरोस भन्ने उदेश्य रहेको खुलासा गरे । उनले आफूजस्तै कपाल काटेका बच्चाहरुका आमासँग माफी समेत मागे । 

टारिवो वेस्टः 

सन् १९९८ को विश्वकपमा कपाललाई अनौठो बनाएर ल्याए । उनको कपालमा हरियो रिवनले बाधेको झै देखिएको थियो । तर उनको त्यो स्टाइलको अझै पनि चर्चा चल्ने गरेको छ । 

(श्रोतः डेलीस्टार)
 


Author

थप समाचार
x