फुटबल

एभर्टनले भित्र्यायो डिफेन्डर कोडी

इकागज |
साउन २४, २०७९ मंगलबार १५:४१ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले इंग्ल्यान्डका डिफेन्डर कोनोर कोडीलाई भित्र्याएको छ । एभर्टनले कोडीलाई उल्भ्सबाट एक सिजनका लागि लोनमा भित्र्याएको बीबीसीले जनाएको छ ।

गत शनिबार लिगको पहिलो खेलमा चेल्सीसँग पराजित हुँदा एभर्टनका बेन गोडफ्रे र यारी मिना घाइते भएपछि क्लबले कोडीलाई ल्याएको हो ।


२९ वर्षीय कोडीले एभर्टनमा आवद्ध हुन व्यग्र प्रतिक्षामा रहेको प्रतिक्रिया दिए । कोडीले उल्भ्सका लागि सात वर्षमा ३ सय भन्दा बढी खेले खेलेका थिए ।


Author

थप समाचार
x