फुटबल

भारतमा हुने यू-१७ विश्वकपको टिकट दर १०० र २०० भारु

इकागज |
साउन २१, २०७९ शनिबार १२:० बजे

काठमाडौँ- भारतमा हुने फिफा यू-१७ महिला विश्वकपका लागि टिकट ब्रिकी खुल्ला गरिएको छ । विश्वकपका लागि शुक्रबारबाट टिकट ब्रिकी खुल्ला गरिएको आईएएनएसले जनाएको छ ।

भारतले अक्टोबर ११ देखि ३० सम्म विश्वकप आयोजना गर्दैछ । भुवनेश्वर, गोवा तथा नाभी मुम्बईमा हुने विश्वकपमा १६ टिमको सहभागिता रहनेछ ।


विश्वकपका लागि टिकट दर भने एक सय तथा दुई सय भारतीय रुपैयाँ तोकिएको छ । त्यसकासाथै छिटो टिकट लिनेलाई ३० प्रतिशत छुट समेत दिइने आयोजकले जनाएको छ ।


Author

थप समाचार
x