फुटबल

बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार सुरुवात

इकागज |
साउन २१, २०७९ शनिबार १०:१७ बजे

काठमाडौँ- यस सिजनको जर्मन बुन्डेसलिगामा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले शानदार सुरुवात गरेको छ । शनिबार बिहान भएको खेलमा म्युनिखले इन्ट्राच फ्रान्कफर्टलाई ६-१ गोल अन्तरले पराजित गरेको हो ।

म्युनिखको जितमा जमाल मुसियालाले दुई गोल गर्दा जोसुआ किमिची, बेन्जामिन पावार्ड, साडियो माने र सर्ज नाब्रीले एक-एक गोल गरे ।


फ्रान्कफर्टका लागि एकमात्र गोल रान्डाल कोलो मुआनीले गरे ।

खेलको पाँचौं मिनेटमा गोल गर्दै किमिचीले म्युनिखलाई सुरुवाती अग्रता दिलाउँदा १० औँ मिनेटमा पावार्डले अग्रता दोब्बर बनाए । मानेले २९ औँ, मुसियालाले ३५ औँ तथा नाब्रीले ४३ औँ मिनेटमा गोल थप्दा म्युनिखले ५ गोलको अग्रता लिएको थियो ।

६४ औँ मिनेटमा मुआनीले फ्रान्कफर्टका लागि एक गोल फर्काएपनि मुसियालाले ८३ औँ मिनेटमा थप एक गोल गरेपछि म्युनिखले शानदार जित हात पार्‍यो ।


Author

थप समाचार
x