फुटबल

एमबाप्पे, मेस्सी र नेयमार चम्केको हेर्न चाहन्छ पीएसजी

इकागज |
साउन २०, २०७९ शुक्रवार १२:१० बजे

काठमाडौँ – फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) का मुख्य प्रशिक्षक क्रिस्टोफर गाल्टियरले क्लबका स्टार खेलाडीहरूलाई एक ढिक्का भएर खेले टिमले ठूलो सफलता हात पार्ने बताएका छन् । 

टिमका नयाँ प्रशिक्षक गाल्टियरले टिम स्पिरिट अर्थात ‘टोलीको भावना’ एक खेलाडीबाट अर्कोमा सर्ने बताउँदै यस सिजनमा कायलियन एम्बप्पे, नेयमार र लियोनल मेस्सीबाट उत्कृष्ट प्रदर्शनका लागि टिम एकता नै मुख्य कुरा हुने विश्वास व्यक्त गरेको आईएएनएसले जनाएको छ । 


एम्बाप्पे, नेयमार र मेस्सी एउटै क्लबमा हुँदा उनीहरूले फ्रेन्च क्लब तथा युरोपियन फुटबललाई अर्को स्तरमा लिएर जाने अपेक्षा गरिएको थियो । तर नाइसको प्रशिक्षक हुँदा गाल्टियरले भने उनीहरुलाई नजिकबाट चिन्ने अवसर पाएका थिएनन् ।

एम्बाप्पे, नेयमार र मेस्सी जस्ता स्टार खेलाडी एउटै टिममा बिरलै हुने सम्भावना रहन्छ र यस सिजनमा उनीहरुले अघिल्लो सिजन भन्दा राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । खासगरी उनीहरुबाट पीएसजीलाई च्याम्पियन्स लिगको उपाधि दिलाउने अपेक्षा छ । 

गत सिजनको फ्रेन्च लिग वानमा एम्बाप्पेले ३५ खेलमा २८ गोल, नेयमारले २२ खेलमा १३ गोल तथा मेस्सीले २६ खेलमा केवल ६ गोल गरेका थिए । 

यस सिजनको लिगको पहिलो खेलमा पीएसजीले शनिबार क्लेरमोन्टविरुद्ध खेल्दा तीनैजना टिममा रहने अपेक्षा गरिएको छ । र गाल्टियरले एम्बाप्पे, नेयमार र मेस्सीबाट अरु भन्दा बढी अपेक्षा राखेका छन् ।

उनले विपक्षीले टिमको खेल्ने शैलीमा असर नपार्ने हिसाबले अघि बढ्ने तथा टिम र खेलाडीको प्राथमिकता पनि सोही हिसाबले निर्धारण गरिएको जनाए । 
 


Author

थप समाचार
x