फुटबल

पोचेटिनोले छाडे फ्रेन्च क्लब पीएसजी

इकागज |
असार २१, २०७९ मगलवार १७:३ बजे

काठमाडौँ - फ्रेन्च क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) का प्रमुख प्रशिक्षक माउरिसियो पोचेटिनोले क्लब छाडेका छन् । पोचेटिनोले १८ महिनामै क्लब छाडेका पीएसजीले जनाएको बीबीसीले उल्लेख गरेको छ । 

इंग्लिस क्लब टोटनहमका पूर्व प्रशिक्षक ५० वर्षीय पोचेटिनोले केही समय पहिलेदेखि नै क्लब छाड्ने हल्ला चलिरहेको थियो ।   


उनको स्थानमा नाइसका पूर्व प्रशिक्षक क्रिस्टोफ गाल्टायर आउने अपेक्षा गरिएको छ । अर्जेन्टिनी नागरिक पोचेटिनोले पीएसजीलाई यसै सिजन फ्रेन्च लिगको उपाधि दिलाएका थिए । 
 


Author

थप समाचार
x