फुटबल

यू-२० फुटबल टिमबाट ११ खेलाडी बाहिरिए

इकागज |
असार १९, २०७९ आइतबार १५:१० बजे

काठमाडौँ – बन्द प्रशिक्षणमा रहेको नेपाली यू-२० पुरुष फुटबल टिमका ११ खेलाडी बाहिरिएका छन् । साफ यू-२० च्याम्पियनसीप तथा एएफसी यू-२० एसियन कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४१ जनामध्ये ११ जना बाहिरिएका हुन् ।

टिमका मुख्य प्रशिक्षक मेघराज केसीले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि ३० जनालाई छनोट गरेका हुन् ।


भारतमा हुने साफ च्याम्पियनसीपको पहिलो खेलमा नेपालले जुलाई २५ मा माल्दिभ्सको सामना गर्नेछ भने दोस्रो खेल जुलाई २७ मा श्रीलंकाविरुद्ध खेल्नेछ । समूह चरणको तेस्रो खेल नेपालले बंगलादेशविरुद्ध अगस्ट २ तारिखमा खेल्ने तालिका रहेको छ ।

त्यसैगरी बहराइनमा हुने एसियन कप छनोटको पहिलो खेलमा नेपालले भुटानविरुद्ध सेप्टेम्बर १० मा खेल्नेछ भने दोस्रो खेल कतारविरुद्ध सेप्टेम्बर १२, तेस्रो खेल बहराइनविरुद्ध सेप्टेम्बर १४ तथा अन्तिम खेल बंगलादेशविरुद्ध सेप्टेम्बर १८ मा खेल्नेछ ।

बन्द प्रशिक्षणमा रहेका खेलाडीः

गोलरक्षकः इश्वर गुरुङ, उनेश चौधरी, जियारथ शेख र सौरभ कार्की

डिफेन्डरः अक्विब हक, अमर श्रेष्ठ, सोनित दाहाल, आयुश श्रेष्ठ, अजय चौधरी, सुमित श्रेष्ठ, अश्विन भट्टराई, सृजन धानी, रोशन थापा र राज थोकर

मिडफिल्डरः अविशेक वाइबा, दिपेश गुरुङ, आशिष राई, क्षितिज भण्डारी, सन्दीप कार्की, जन्मजय धामी, मोहित गुरुङ क्षितिज रत्न छुन्जु, प्रितम स्याङतान, सुगम सुवाल, मनग्य नकर्मी र आयुश घलान

फरवार्डः दिपेश राई, निरन्जन मल्ल,  रोहित सुब्बा र रोहन खड्गी


Author

थप समाचार
x