फुटबल

फरेस्टले भित्र्यायो म्यानचेस्टर युनाटेडका गोलरक्षक

इकागज |
असार १८, २०७९ शनिबार १७:२१ बजे

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा बढुवा भएको नटिङघम फरेस्टले म्यानचेस्टर युनाइटेडका गोलरक्षक डिन हेन्डरसनलाई भित्र्याएको छ । फरेस्टले हेन्डरसनलाई युनाइटेडबाट लोनमा एक सिजनका लागि भित्र्याएको बीबीसीले जनाएको छ । 

फरेस्टका मूख्य प्रशिक्षक स्टिभ कुपरले २५ वर्षीय हेन्डरसन बढी भन्दा बढी अवसरको खोजीमा रहेको उल्लेख गरे । 


हेन्डरसनले प्रिमियर लिगको ४९ खेल खेलेका छन् भने १७ खेलमा गोल खाएका छैनन् । तर उनले सन् २०२१ को मे महिनादेखि भने खेल्न पाएका छैनन् । हेन्डरसनले सन् २०२० मा इंग्ल्यान्डका लागि डेब्यु गरेका थिए । 

सन् १९९९ पछि पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको फरेस्टले यस सिजनको लिगको पहिलो खेलमा अगस्ट ६ मा न्युकासल युनाइटेडविरुद्ध खेल्नेछ । 
 


Author

थप समाचार
x