फुटबल

भाउन्‍ने भेट्रान फाइनल खेल आज, पथरी र भाउन्‍ने भिड्दै

इकागज |
असार १३, २०७९ सोमबार ७:५३ बजे

काठमाडौँ- पथरी भेट्रान र भाउन्‍ने भेट्रानबीच प्रथम भेट्रान प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ । मोरङको बेलबारी १० भाउन्‍ने खेलकुद मैदानमा सोमबार ३ बजे फाइनल खेल हुने भएको हो ।

फाइनलमा विजयी हुनेले  ४० हजार र दोस्रोले २० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खेलमा ३० वर्ष उमेर समूहमाथिका खेलाडीहरूको सहभागी रहेको थियो ।


सेमिफाइनलमा इटहरी भेट्रानलाई ८ गोलले पराजित गर्दै भाउन्‍ने भेट्रान फाइनलमा प्रवेश गर्न सफल भएको थियो । त्यस्तै पथरी भेट्रान जदाहा भेट्रानलाई पराजित गरेर फाइनलमा पुगेको हो ।

मिड भेट्रान भाउन्‍नेले गत ८ गतेबाट खेलको आयोजना गरेको थियो । आइतबार एक दिन स्थगन गरेर आज फाइनल खेल हुने भएको संयोजक जोनी मुखियाले जानकारी दिए ।


Author

थप समाचार
x