फुटबल

साफ इलेक्टिभ कंग्रेसमा भारतको प्रतिनिधित्व नहुने

इकागज |
असार १२, २०७९ आइतबार १७:१० बजे

काठमाडौँ – बंगलादेशमा जुलाई २ तारखिमा हुने साउथ एसियन फुटबल फेडेरेसन (साफ) को निर्वाचन (इलेक्टिभ कंग्रेस) मा भारतको प्रतिनिधित्व नहुने भएको छ । खेलनाउ अनलाइनले जनाए अनुसार अल इन्डिया फुटबल फेडरेसन (एआईएफएफ) ले साफको निर्वाचनमा आफ्ना प्रतिनिधि नपठाउने भएको हो । 

भारतको एकमात्र प्रतिनिधि एआईएफएफका पूर्व उपाध्यक्ष सुवराता दत्तले भारतको प्रतिनिधित्व गर्ने निर्णय भएपनि उनले यसबाट आफ्नो नाम फिर्ता लिएका थिए । एआईएफएफका अपदस्थ अध्यक्ष प्रफुल पटेलले अपिल गरेपछि दत्तले साफको निर्वाचनमा सहभागी नहुने भएको हुन् । 


पछिल्लो समय फिफाले एआईएफएफलाई सेप्टेम्बर १५ सम्म नयाँ नेतृत्व चयनका लागि समयसीमा तोकेको छ । र पछिल्लो निर्णयले एआईएफएफलाई थप समस्यामा पारेको छ । 

बंगलादेशका काजी सलाहुदिन लगातार चौथों पटक साफको अध्यक्ष चुनिने सम्भावना रहेको छ । 
 


Author

थप समाचार
x