फुटबल

एनआरटीद्वारा संकटा पराजित

इकागज |
असार ११, २०७९ शनिबार १६:५३ बजे

काठमाडौँ – प्रि-सिजन मैत्रीपूर्ण फुटबल खेलमा न्यूरोड टिम (एनआरटी) ले संकटा क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा शनिबार भएको खेलमा एनआरटीले संकटालाई ३-२ ले पराजित गरेको हो ।

संकटाको जितमा कप्तान रञ्जित धिमाल, स्टेफानी समिर र दिपेश घलेले एक-एक गोल गरे । संकटाका लागि आशिष सुनम र मोसेसले एक-एक गोल गरे ।


खेलको १५ औँ मिनेटमा गोल गर्दै आशिषले संकटालाई सुरुवाती अग्रता दिलाएका थिए तर पहिलो हाफको इन्जुरी समयमा एनआरटीका रञ्जितले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

४७ औँ मिनेटमा मोसेसले गोल गरेपछि संकटाले पुनः अग्रता बनाएको थियो तर ५८ औँ मिनेटमा स्टेफानीले एनआरटीका लागि बराबरी गोल गरे ।

तर दिपेशले ६० औँ मिनेटमा गरेको गोलसँगै एनआरटीले जित सुनिश्चित गर्‍यो । 


Author

थप समाचार
x