फुटबल

रुनीले दिए प्रशिक्षकबाट राजीनामा

इकागज |
असार ११, २०७९ शनिबार १२:२ बजे

काठमाडौँ – वायन रुनीले लिग वान फुटबल क्लब डर्वी काउन्टीको प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । म्यानचेस्टर युनाइटेड र इंग्ल्यान्डका पूर्व स्टार फुटबलर रुनीले डेढ वर्षपछि काउन्टीको प्रशिक्षकबाट राजिनामा दिएको प्लानेटस्पोर्टसले जनाएको छ । 

रुनी सन् २०२० को जनवरीमा काउन्टीमा खेलाडी-प्रशिक्षकको रुपमा आवद्ध भएका थिए तर प्रशिक्षक फिलिप कोकुले क्लब छाडेपछि उनी प्रशिक्षक बनेका थिए । सन् २०२१ को जनवरीमा रुनीले खेल जीवनबाट सन्यास लिदै काउन्टीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । 


सन् २०२१-२२ को सिजनमा काउन्टी च्याम्पियनसीपबाट रेलिगेट भएको थियो । 
 


Author

थप समाचार
x