फुटबल

नेम्वाङलाई एएफसीको पूर्ण समर्थन रहन्छः एएफसी अध्यक्ष सलमान

इकागज |
असार १०, २०७९ शुक्रबार १५:४० बजे

काठमाडौँ – एसियाली फुटबल महासंघ (एएफसी) का अध्यक्ष सलमान विन इब्राहिम अल खलिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनियुक्त अध्यक्ष पंकज बिक्रम नेम्वाङलाई एएफसीको पूर्ण समर्थन रहने बताएका छन् । 

सलमानले एन्फा अध्यक्ष नेम्वाङलाई बधाइ दिदै एएफसीले नेपाली फुटबल विकासका लागि गरिने पहललाई सहयोग गर्ने विश्वास व्यक्त गरे । 


एसियामा फुटबलको थप विकासका लागि नेम्वाङसँग सहकार्य गर्न तयार रहेको तथा चाडै नै नेम्वाङलाई भेट्ने जनाए । सलमानले एन्फा अध्यक्षमा निर्वाचित हुनुले नेपाली फुटबल समर्थकहरुले नेम्वाङको क्षमतामाथि विश्वास राखेको समेत बताए । 

जेठ ६ गते भएको एन्फाको निर्वाचनबाट नेम्वाङ अध्यक्ष पदमा निर्वाचित भएका थिए । 


 


Author

थप समाचार
x