फुटबल

एनएसएल भदौ २५ देखि कात्तिक ५ सम्म गर्न एन्फाको अनुमति (पत्रसहित)

सञ्जीव शाह |
जेठ ३१, २०७९ मगलवार १३:१७ बजे

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा) ले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल भदौ २५ देखि कात्तिक ५ गतेसम्म गर्ने अनुमति दिएको छ । 

एन्फा महासचिव इन्द्रमान तुलाधरले एनएसएल आयोजकलाई पत्राचार गर्दै दोस्रो संस्करणको एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) ले मागेको मितिमै आयोजना गर्ने अनुमति दिएको जनाएका छन् । 


एनएसएल आयोजक श्रोतका अनुसार लिग सिंगल राउन्ड रोविनमा हुनेछ । साथै प्रतियोगिताका खेलहरु काठमाडौँ तथा उपत्यका बाहिरको एक अर्को मैदानमा पनि हुने छ । तर उपत्यका बाहिरको खेल मैदानको टुंगो भने लागेको छैन् । 

एनएसएलमा यस पटक १० टिमको सहभागिता रहनेछ । स्पोर्टिङ इलाम दी मेची, वीरगन्ज युनाइटेड, झापा फुटबल क्लब, विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसी रहेका छन् ।


Author

सञ्जीव शाह

सञ्जीव शाह इकागजका स्पोर्टस् ब्यूरो चिफ हुन् ।


थप समाचार
x