अर्थ / बाणिज्य

डिशहोमका ग्राहकले जिते एक लाख

इकागज |
बैशाख २१, २०७९ बुधबार ११:५३ बजे

काठमाडौं – डिशहोमका ग्राहकले एक लाख रुपैयाँ जितेका छन् । एक वर्षमा २४ महिना योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरूले १ वर्षको रिचार्ज गर्दा २४ महिना सम्म डिशहोम डिटिएचको सेवा उपभोग गर्न पाउने छन् ।  साथै हरेक हप्ता लक्की ड्र मार्फत एक जनाले एक लाख रुपैयाँ जित्ने अवसर पनि प्राप्त गर्ने छन् ।

यसै योजना अन्तर्गत बैशाख १९ गते गरिएको लक्कीड्रमा क्यास आइडी ०२५६४०३३७७५  भएका ग्राहकले एक लाख जित्न सफल भएका हुन् । 


डिशहोमका ग्राहकहरुले यो योजनामा सहभागीहुन आफ्नो नजिकको डिशहोम डिलरदाईकोमा गएर डिशहोमको फण्ड ट्रान्सफर मार्फत आफुले प्रयोग गरेको प्याकेजको १ बर्षको रिचार्ज गर्नुपर्नेछ । 

यस लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपा च्यानल, तथा डिशहोम सोकेसमा हुने गर्दछ ।


Author

थप समाचार
x