अर्थ / बाणिज्य

यूनाइटेड इन्स्योरेन्स सम्मानित

इकागज |
बैशाख १९, २०७९ सोमबार १६:० बजे

काठमाडौं – यूनाइटेड इन्स्योरेन्स कंम्पनी (नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त कम्पनीले इन्डियन चेम्बर अफ कमर्सले भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा आयोजना गरको कार्यक्रममा एसिया स्थरको ‘तेस्रो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ  अवार्ड– २०२१’ पाएको हो । 


उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल कार्यक्रममा उपस्थित थिए । 


विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्थाले स्वतन्त्र रुपमा मूल्यांकन गरेको थियो । विभिन्न  वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल उक्त कम्पनी उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । 
 
 


Author

थप समाचार
x