अर्थ / बाणिज्य

एम.भि.दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपालमा भित्र्याएको २० वर्ष पूरा

इकागज |
बैशाख १८, २०७९ आइतवार १३:४४ बजे

काठमाडौं – एम.भि.दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डिया प्रा.लि.को शक्त्तिशाली ट्रयाक्टर जोन डीयर नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।  चन्द्रागिरि हिल्स काठमाण्डौमा एक कार्यक्रम बीच सहयात्राको २० औं वर्ष मनाएको छ । 

दुई दिनसम्म चलेको उक्त कार्यक्रममा एम.भि.दुगड् ग्रुपका अध्यक्ष मोतीलाल दुगड्ले जोन डीयर संगको २० वर्षको लामो सहयात्रा एकदमै ऐतिहासिक र खुशीको भएको बताएका छन् । शुरुवाती दिनबाटै सबैको साथ सहयोगले नेपालमै सर्वाधिक रुचाइएको ट्रयाक्टर ब्राण्ड बनाउन सफल भएको  उनले बताए । उपाध्यक्ष विवेक दुगड्ले यो ट्रयाक्टर अत्याधुनिक प्रविधि सहितको विभिन्न विशेषता भएको हुनाले र देशै भर पैmलिएको बिक्री तथा सेवा केन्द्रहरु तथा अत्यन्तै जुझारु कर्मचारीहरुको साथले उपभोक्ताले निकै रुचाएको ट्रयाक्टर बन्न सफल भएको बताएका छन् । 


जोन डीयर इण्डिया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाहले नेपालकै प्रतिष्ठित र अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एम.भि.दुगड् ग्रुप संगको २० औं वर्ष सम्मको अनवरत सहयात्रा एकदमै प्रभावकारी अनि रोमाञ्चक भएको बताए ।

उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जना भन्दा बढी कर्मचारीहरु तथा जोन डीयर इण्डिया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर (इष्ट जो¬न) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन आदि को उपस्थिति रहेको थियो । 


Author

थप समाचार
x