अर्थ / बाणिज्य

यामाहाको  ‘महा एक्सचेन्ज मेला’ आजबाट सुरु

इकागज |
बैशाख १५, २०७९ बिहीबार १९:५० बजे

काठमाडौँ – ‘महा एक्सेन्ज मेला’ सुरू भएको छ । उक्त मेला बुधबारबाट सुरु भएको हो । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा ‘महा एक्सचेन्ज मेला’ आज बिहीबारदेखि भृकुटीमण्डपमा सुरू भएको छ । एक हप्ता लामो उक्त महा मेला बैशाख २२ गतेसम्म आयोजना हुने आयोजकले जनाएको छ । 

नेपालकै सर्वाधिक ठूलो उक्त महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।


मेलामा केके छन् सुविधाहरू ? 
मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ । 

एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको आयोजकले जनाएको छ ।


Author

थप समाचार
x