अर्थ / बाणिज्य

सीजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा

इकागज |
बैशाख १३, २०७९ मंगलबार १५:२२ बजे

 काठमाडौं – ​चौधरी ग्रुप अन्तर्गत रहेको सीजीले दुई प्रकारको भ्याकुम बजारमा ल्याएको छ। नेपाली बजारमा लोकप्रिय बन्दै गएको सीजीले उपभोक्ता लक्षित गरेर दुई प्रकारको भ्याकुम क्लियर सार्वजनिक गरेको हो ।

 सीजीले कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनरु र स्टीम क्लिनिङ सिस्टम गरि दुई प्रकारका भ्याकुम क्लिनरहरू नेपाली बजारमा ल्याएको हो। कोर्डेड ह्याण्डी एण्ड स्टीक भ्याकुम क्लिनरमा ‘टु इन वान मोड’ रहेको छ । यसकारण यो सजिलै ‘ह्याण्डी’ वा ‘स्टीक’ मोडमा परिवर्तन गर्न सकिन्छ ।


यसमा सिंगल साइक्लोन सिस्टम रहेको छ । यसको अर्को विशेषता भनेको ‘डस्ट कप’ लाई सजिलै फुकाल्न सकिन्छ । उच्च क्षमताको ‘स्पन्ज एक्जस्ट फिल्टर’ जडान भएको यस भ्याकुम क्लिनरमा ‘ब्यागलेस डस्ट कलेक्सन’ गर्न सकिन्छ र यसमा ५ एमको पावर लाइन रहेको कम्पनीले जनाएको छ।

१ सय डिग्री सेन्टिग्रेड बाफले ९९.९९ प्रतिशत किटाणु नष्ट गर्ने क्षमता भएको ‘स्टीम क्लिनिङ सिस्टम’ को प्रमुख विशेषता भनेको यसले एकदम छिटो अर्थात पन्ध्र सेकेण्डमै वाफ उत्सर्जन गर्ने कम्पनीले जनाएको छ । साथै यो काठ, टायल, कार्पेट जस्ता विविध प्रकारका सतहहरूमा पनि उपयुक्त छ । 

३ सय ७० मिलि लिटर पानीटंयाकी क्षमता भएको ‘स्टीम क्लिनिङ सिस्टम’मा विविध प्रकारका एसिसरिजहरू पनि प्राप्त गर्न सकिन्छ । जस्तैः सानो राउण्ड ब्रश, स्कार्पर, स्काउरिङ हेड, ह्याङगिङ आइरन हेड, कार्पेटका लागि स्लाइडिङ प्लेट, होस एसेम्बली स्ट्रेट नोजल र अडाप्टर रहेको कम्पनीले जनाएको छ । 


Author

थप समाचार
x